काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा कोरोना संक्रमित भएका छन् ।
एकीकृत समाजवादीका अनुसार बुधबारको पीसीआर परिक्षणबाट उपमहासचिव खतिवडालाई कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको हो ।
उनको स्वास्थ्य अवस्था सामान्य भएको र घरमै आराम गरिरहेका छन् । यसअघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव डा.बेदुराम भुसाल लगायत अन्य नेताहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।