काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु पनि स्थगित भएको छ ।
आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको गरेको हो ।
माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएको आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
आयोगले जारी गरेको सूचनामा माघ मसान्तसम्म स्थगित गरिएका परीक्षा र फागुन १ गतेदेखि सन्चालन हुने लिखित परीक्षा कार्यक्रमसमेत कम्तिमा सात दिनको पूर्वसूचना दिई पुनः तालिकीकरण गरी यथाशीघ्र सन्चालन गर्ने उल्लेख छ ।
देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।