काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन, वैशाखमा हुने भनिएको स्थानीय चुनावको मिति घोषणालगायतका विषयमा समान धारणा बनाउन नेताहरुबीच छलफल भएको बताइएको छ ।
बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइएको थियो । बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।