Logo
Logo

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सरेको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । यसअघि बारम्बार स्थगित हुँदै आएको अधिवेशन पछिल्लो समयमा माघ १५ गतेका लागि तोकिएको थियो ।

विवादका कारण पार्टीको १४औँ महाधिवेशनअघि हुन नसकेका जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय गरिएको थियो । तर, कांग्रेस निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन मिति सरेका थियो ।

कांग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्