काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार)का लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
देउवाले आज बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबार देशका नाममा प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । उनले सम्बोधनका क्रममा अबको १ वर्ष भित्रै तीनै तह (संघ, प्रदेश र स्थानीय)को निर्वाचन गर्ने सरकारको दायित्व रहेको बताएका थिए ।
प्रधानमन्त्रीको सम्बोधनपछि शुक्रबारै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धको उच्चस्तरीय समन्वय समितिको बैठकले स्थानीय निर्वाचनबारे संविधान र ऐन बाझिएको निष्कर्ष निकालेको थियो ।