Logo
Logo

पद्मा अर्यालका कारण एमाले स्याङ्जामा भाँडभैलो


457.6k
Shares

नेतृ अर्याल र पूर्वसचिव पौडेल

काठमाडौं । नेकपा एमालेका सचिव पद्मा अर्यालको गृह जिल्ला स्याङ्जामा पार्टी कमजोर बन्दै गइरहेको छ । पार्टी कमजोर हुन थालेपछि जिल्लाका नेता सचिव अर्यालको विरोधमा उत्रेका छन् ।

एमाले स्याङ्जाका पूर्व जिल्ला सचिव एवं आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले सचिव अर्यालयसँग जिल्लामा पार्टी किन भयो ? भन्दै जवाफ मागेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पौडेलले सचिव अर्यालकै गुटबन्दीका कारण स्याङ्जामा पार्टी सकिन लागेको आरोपसमेत लगाएका छन । सचिव अर्यालले बाँङ्गो मुला बोकेको तस्बिर राखेर उनले जिल्लामा पार्टी ओरालो लाग्न थालेको भन्दै व्यंग्यसमेत गरेका छन् ।

उनको स्टाटसमा कमेन्ट गर्ने जिल्लाका कार्यकर्ताले समेत सचिव अर्यालले गृह जिल्लामा गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका छन् । पौडेलले सचिव अर्यालविरुद्ध लेखेको स्टाटसमा अर्यालविरुद्ध कमेन्ट आउँन थालेपछि हाल डिलिट गरेका छन् ।

‘के नेकपा (एमाले) दस दिनमा यति धेरै ओरालो लागेको हो । ओरालै लागेको हो भने के काराणले लागेको हिसाबकिताब पाउ । केन्द्रीय कमिटीको सचिव क. पद्मा अर्यालको निर्देशनमा भएको भन्ने बुझियो । जवाफ दिनु पर्यो । नेता गण यो पार्टीमा तमाम कार्यकर्ताको रगत पसिना छ । सबैलाई चेतना भया’ पौडेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सचिव अर्यालले पार्टीमा सल्लाहा बिना गुटका नेता कार्यकर्तालाई मात्र अवसर दिएपछि एमाले स्याङ्जामा गम्भीर मतभेद भएको हो ।

जिल्ला अधिवेशनमा एक्लौटी गरेको भन्दै आक्रोशित जिल्लाका नेता कार्यकर्ता पूर्वमन्त्रीसमेत रहेका अर्यालले जिल्ला पार्टीको भागमा परेका साना संघसस्थाका पदहरुमा समेत गुटबन्दी गरेपछि एमाले स्याङ्जामा मतभेद झन बढेको हो ।

हालै जिल्ला रेडक्रसमा पदाधिकारी छान्दा पार्टीमा हस्तक्षेप गरी एक्लौटी गरेपछि उनको विरोध हुन थालेको हो । सचिव अर्यालसँग सार्वजनिक रुपमै प्रश्न गर्ने पौडेल जिल्ला अधिवेशनमा अध्यक्षका आंकाक्षी थिए ।

जिल्लामा राम्रो पकड भएको र जनतामाझ निकै लोकप्रिय नेता मानिने पौडेलनै अर्यालविरुद्ध उभिएपछि एमाले स्याङ्जामा गुटबन्दीको बिषय सार्वजनिक भएको हो ।

स्थानीय तहको चुनावमा आँधीखोला गाउँपालिकामा ३२ वटा सिटमा ३२ वटैमा फराकिलो मतले पार्टीलाई जिताएर पौडेल गाउँपालिका अध्यक्ष भएका थिए । उक्त गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि यसअघि नै नेकपा (एकीकृत समाजबादी)मा प्रवेश गरिसकेका छन् ।

सचिव अर्यालयविरुद्ध प्रतिनिधिसभाका सांसद नारायण मरासिनी लगायतले समेत पार्टीमा एकलौटी ढंगले अगाडि बढेको भन्दै जिल्ला अधिवेशनमा कडा विरोध जनाएका थिए ।

हालै सम्पन्न जिल्ला अधिवेशनमा पनि अर्यालविरुद्ध मलमा भ्रष्टाचार गरेको, झापाको सरकारी जग्गा घोटलादेखि पार्टीमा गुटबन्दी गरेको भन्दै नाराबाजी नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्