Logo
Logo

कोरोना संक्रमणका कारण एकैदिन १६ जनाको मृत्यु


6k
Shares

फाइल फोटो

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै पहिलोपटक एकैदिन १६ जना संक्रमितको मृत्यु भएको छ । यस्तै १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २० हजार १ सय ८७ जनाको स्वाव परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार २३ हजार ९२ जनाको स्वाव परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

आज संक्रमण पुष्टि भएकामध्ये १४ हजार ४ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय १२ जनामा र ५ हजार ७ सय २५ जनाको एन्जिटन परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ मृत्यु भयो भने शुक्रबार कोरोनाबाट तीन जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ सय ८ जना निको भएका छन् । निको हुनेको संख्या न्यून रहँदा सक्रिय संक्रमितको संख्या भने बढेको छ । शनिबारसम्म देशभर ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्