Logo
Logo

काठमाडौं उपत्यकामा एकैदिन ५ हजारभन्दा धेरै कोरोना संक्रमित


1.5k
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७ सय ६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार १ सय १० जना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ३४ हजार १ सय ५९, भक्तपुरमा ४ हजार ६ सय ४५ र ललितपुरमा ८ हजार २ सय २० गरी काठमाडौं उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

देशैभरी पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २० हजार १ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ७ सय ८ जना संक्रमणबाट मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । शनिबारसम्म देशभर ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्