Logo
Logo

मौसम पूर्वानुमानः आज यी स्थानमा वर्षाको सम्भावना


2.1k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार उक्त प्रणालीका कारण हाल सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ ।

बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना समेत रहेको छ । अन्यत्र पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आगामी सोमबारसम्म बदली, वर्षा र हिमपातको आकलन गरिएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्