ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना भएको थियो ।
दुर्घटना मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
गम्भीर घाइते जिप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का एकजना घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त जीपमा ६ जना चढेका थिए ।