Logo
Logo

प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

पदाधिकारी चयनका लागि उनले माघ २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् । यसअघि ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो ।

प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्