काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल प्रहरीको समुदाय–प्रहरी कार्यक्रलाई सहयोग गरेकोमा महाशाखाको तर्फबाट प्रहरी बरिष्ठ उपरीक्षक पन्तले बैंकलाई धन्यवाद ज्ञापन गरे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख वसन्तराज रेग्मी तथा बैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।