काठमाडौं । प्रहरीको मोटरसाइकल चढेर फरार भएका कैदी एक महिनापछि पक्राउ परेका छन् ।
जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा २९ वर्षीय यमराज परिवार पुस ८ गते बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल चढेर फरार भएका थिए । उनलाई दाङ प्रहरीले एक महिनापछि पक्राउ गरेको हो ।
उनलाई अस्पताल पुर्याउन खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिइ उनी फरार भएका थिए । उनलाई नेपाल(भारतको सीमा क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाह नाकाबाट सोमबार पक्राउ गरिएको हो ।