काठमाडौं । पूर्वमन्त्री जेपी गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि सिटामोल पाउन नसकेको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेका छन् ।
प्रम देउवाले स्थिति सुध्रिँदै छ भने पनि सिटामोल नपाएको भन्दै उनले सबैको मन आत्तिएको टिप्पणी गरेका छन् । सक्रिय राजनीतिबाट टाढा रहेर कृषिकर्ममा सक्रिय रहेका गुप्ताले ट्विटमा प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै पीडा अभिव्यक्त गरेका हुन् ।
‘शेरबहादुरजी! जी! तपाई पुँजीगत खर्च, विप्रेषण आप्रवाह, शोधनान्तर, विनिमय संचिति आदि बुझ्न झंझटिलो कुराहरू गरेर “स्थिति सुध्रिँदै छ। न आत्तिनु” भनिरहनु भएको छ,’ गुप्ताले लेखेका छन्, ‘म स्वयं आज मेरो ठाममा ११ किमीको चक्कर लाउँदा सिटामोल पाइन। तपाई उपर भरोसा राख्दा-राख्दै सबैको मन सारै आत्तिएको छ!’
@SherBDeuba जी! तपाई पुँजीगत खर्च, विप्रेषण आप्रवाह, शोधनान्तर, विनिमय संचिति आदि बुझ्न झंझटिलो कुराहरू गरेर “स्थिति सुध्रदै छ। न आत्तिन्” भनि रहनु भएको छ। म स्वयं आज मेरो ठाममा ११ किमीको चक्कर लाउँदा सिटामोल पाईन। तपाई उपर भरोसा राख्दा-राख्दै सबैको मन सारै आत्तिएको छ! pic.twitter.com/bXaz9bD01b
— Jp Gupta (@JpanandaJp) January 24, 2022