Logo
Logo

मेरो महासचिवमा दाबेदारी रहन्छ : नेता पुन


4.5k
Shares

काठमाडौं । पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफू महासचिवको दाबेदार भएको बताएका छन् । सोमबार स्वदेश फर्किएका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको दाबेदार भएको बताएका हुन् ।

‘म पूर्ण रूपमा निको भएर स्वादेश फर्किएको छु। महासचिवमा मेरो स्वभाविक दाबेदारी रहन्छ’ उनले भने, ‘सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ । सहमति भए पनि वा निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ ।’

नेता वर्षमान पुन लामो उपचारपछि सोमबार स्वदेश फकिएका छन् । सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फकिएका नेता पुनलाई सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्वागत गरेका छन् ।

स्वास्थ्य उपचारपछि स्वदेश फकिएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका हुन् ।

जन्डिसको समस्या आएपछि पुन गत असोजमा बैंकक गएका थिए । त्यहाँको उपचार प्रभावकारी नभएपछि पुनलाई चीन लगिएको थियो । चीनमा लामो समय उपचार पछि पूर्ण रुपमा स्वस्थ हुँदै नेता पुन सोमबार स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्