Logo
Logo

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न आयोगको आग्रह


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो ।

निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा वैशाखभित्रै निर्वाचन गर्न आयोग तयार रहेको पनि उल्लेख गरिएको छ ।

०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन भए पनि पहिलो चरण ०७४ वैशाख ३१ लाई आधार मानेर स्थानीय तह निर्वाचनको नयाँ मिति तय गरिनुपर्ने जिकीर आयोगको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ सम्म मात्रै हुने आयोगले बताएको छ । स्थानीय तहको कार्यकाल समाप्त हुनुअगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्