ठमाडौं । नेपालमा मंगलबार १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १८ हजार १०३ जनाको पिसिआर परिक्षणका गर्दा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनामा एन्टीजेन परिक्षण गर्दा २ हजार ५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ३ हजार ४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ८ लाख २७ हजार २७९ जना निको भएका छन् । हाल नेपालमा ८८ हजार ९५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।