Logo
Logo

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने


756
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने भएको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।

त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताए ।

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सिटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्