Logo
Logo

यस्ता छन भिजाएर चना खानुका फाइदा


1.6k
Shares

काठमाडौं । भिजाएको चनाको सेवनले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि हुने गर्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक एसिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मुटु सम्बन्धी रोग र कार्डियो भास्कुर सम्बन्धी खतरालाई कम गर्ने डाक्टरहरु बताउँछन् ।

तौल बढाउँछ
यदि तपाई दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि बलियो बनाउँछ ।
कब्जीयतमा राहत
भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुने भएकाले यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँने गर्छ ।

पिसाबको समस्या हल
भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक-पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिने गर्छ ।

छाला स्वास्थ्य राख्छ
भिजाएको चनालाई नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुने गर्छ । साथै, छाला चिलाउने समस्याबाट पनि राहत दिन्छ ।

गतको मात्रा पुरा

चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

पुर्ण फाइदाका लागि कसरी खाने त ?
एक मुट्ठी चना लिने त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चनाको सेवन गर्नु राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्