Logo
Logo

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित


378
Shares

इटली । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

उनको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ । मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् ।

इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो । तर मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिए ।

यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि परिस्थितिलाई ध्यानमा राख्दै फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्