Logo
Logo

भोजमा सहभागी भएका ब्रिटेनका प्रधानमन्त्रीले मागे माफी


945
Shares

काठमाडौं । कोरोना महामारीका बेला भोजमा सहभागी भएका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको तिब्र आलोचना भएको थियो ।

आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्