Logo
Logo

स्थानीय निर्वाचनबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री


567
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पादधिकारीलाई बोलाएका हुन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री र आयोगका पदाधिकारीको छलफल आज दिउँसो तीन बजे बालुवाटारमा हुँदैछ । पाँच दलिया सत्ता गठबन्धनबीच जेठमा नै निर्वाचन गर्ने सहमित जुटेपछि प्रधानमन्त्री देउवाले मितिबारे छलफल गर्न आयोगका पदाधिकारी डाडेका हुन् ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति चोक्ने निर्णय गरेको थियो ।

आयोगले यसअघि सरकारलाई वैशाख १४ को मिति प्रस्ताव गरेको थियो । दुई चरणमा निर्वाचन गर्ने भएमा वैशाख १४ र २२ मा गर्न सकिने आयोगले सुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्