Logo
Logo

प्रधानन्यायाधीशका भाइ प्रमुशम्शेरले ठूलो परिमाणमा जग्गा खरिद गरेको भेटियो


10.8k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेरले असोजमा ठूलो परिमाणमा जग्गा खरिद गरेको फेला पारेको छ ।

प्रभुशम्शेरले भक्तपुरस्थित गोठाटारको कित्ता नं. १२४ र ३३ मा करिव तीन रोपनी जग्गा खरिद गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानकाे क्रममा फेला पारेको हो । करिव ३० करोड रुपैयाँभन्दा बढी मूल्यमा उक्त जग्गा उनले खरिद गरेको अनुमान गरिएको छ ।

प्रधान्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति छानविनको माग गर्दै डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएपछि सुरु गरिएको अनुसन्धानको क्रममा प्रभुशम्शेरको नाममा जग्गा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्