काठमाडौं । नेपाल-भारतबीच महाकाली नदीमा पक्की पुल बनाउने सम्झौता भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्न पक्की पुल बनाउने सम्झौता भएको हो ।
पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसमेत उपस्थित थिइन् ।