Logo
Logo

सांस्कृतिक पर्वहरूले राष्ट्रिय अखण्डता र संविधान सुनिश्चिता गर्छ : प्रचण्ड


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सांस्कृतिक पर्वहरूले राष्ट्रिय अखण्डता र संविधानले सुनिश्चिता गर्ने बताएका छन् । समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न पर्वहरुले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे ।

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने अध्यक्ष दाहालको कामना छ । उनले कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रूपमा मनाउने गरेको तथा सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् भन्ने स्मरण गरेका छन्।

अध्यक्ष दाहालले सन्देशमा भनेका छन, ुविभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्‍याउँछ ।ु

प्रतिक्रिया दिनुहोस्