काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार ईञ्जिनियर विष्टलाई आफ्नो आइटी विज्ञमा नियुक्त गरेका हुन् ।
विष्टलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको हो । विष्ट यसअघि नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विन (नेपाली कांग्रेस वाइड इनफरमेसन नेटवर्क) का संयोजक पनि थिए । विष्ट डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को पूर्वमहासचिव पनि हुन् ।