काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन् ।
उनले अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने समेत दावी गरेका छन् ।
महासचिव पोखरेले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’
महासचिव पोखरलले देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने बताएका छन् । उनले भनेका छन्, ‘एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भनेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’