Logo
Logo

सभामुखले ‘बुलिङ’ गरेर एमसीसी रोक्न खोज्दैछन् : ओली


6.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले लगेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव सभामुखले रोक्न नमिल्ने बताएका छन् ।

बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखले अनाधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको आरोप लगाए । प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमसीसीको सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको बताए । उनले एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको समेत बताए । एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको उनको आरोप छ ।

त्यस्तै सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानुन र आवश्यकता अनुसार निर्वाचन गर्न ध्यानकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे ।

निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने उनको भनाई छ । ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए ।

उनले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसंग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए । त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार आएपनि मुलुकको अर्थतन्त्र धरासयी भएको र पूर्वाधार निर्माणको काम ठप्प भएको बताए ।

प्रतिक्रिया दिनुहोस्