पशुपति मन्दिरको सम्पति विवरण भनेर सरकार मातहतको पशुपति क्षेत्र विकास कोषले विवरण सार्वजनिक गरेको छ । तर मूल ढुकुटीको विवरण सार्वजनिक नगरिएको तथा अरु ढुकुटीको विवरण पनि अधुृरो सार्वजनिक गरिएको छ ।
धेरैले पशुपतिनाथ मन्दिरको अथाह सम्पति हिनामिना भएको आशंका गरेका छन् ।
सार्वजनिक गरिएको विवरण अनुसार मात्रै पनि करीव ९ किलो सुन रहेको छ । १ अर्ब २९ करोड नगद विभिन्न वंैकमा रहेको जनाइएको छ । करीव १८ हजार रोपनी जमीन रहेको छ ।
मूल ढुकुटी नखोल्न सर्वोच्च अदालतले आदेश दिएकोले सो खोलिएको छैन । तर सर्वोच्च अदालतले के कति कारणले सो आदेश जारी गरेको थियो र अहिले सम्म किन सो ढुकुटी खोलेर सही विवरण जनता सामु ल्याउन नयाँ आदेश दिएन भन्ने विषयमा सरकारले र सरोकारवाला सबैले सोचेर सो आदेश वदर गराउने वेला भैसकेको छ । देशको सम्पति वारे यस्तो रहस्य वनाइराख्नुले वेइमानी गर्नेहरुले फाइदा उठाउनेछ ।
यस्तो सार्वजनिक मन्दिरको सम्पति सार्वजनिका हितमा प्रयोग गर्ने चलन पहिले देखि चलेको नै हो । चन्द्र शमशेरले समेत पनि नेपालवाट दास प्रथा उन्मुलन गर्न पशुपतिको ढुकुटीवाट ३६ लाख ७० हजार रुपैयाँ झिकेर त्यसमा आफु र सरकारले १४ लाख रुपैयाँ थपेर नेपालका सबै दासदासीहरुलाई मालिकहरुवाट मुक्त गरेका थिए । त्यो वेला ५९ हजार ८ सय दासदासीहरु मुक्त गरिएको थियो । उनीहरुलाई अमलेख गन्जमा वसोवासको व्यवस्थापनि सरकारले गरेको थियो । त्यो वेला नेपालको जनसंख्या करीव ५५ लाख थियो ।
३६ लाख रुपैयाँ भनेको त्यो वेलाको ठुलो रकम हो । उपत्यकामा १०० रुपैयाँमा एक रोपनी जमीन पाइने वेला थियो । त्यो भनेको ३६५०० रोपनी जमीन वरावर भयो । यो भनेको अहिले २ करोड प्रति रोपनीको हिसावले ७३ हजार करोड रुपैया भयो । अर्थात ७ खर्ब ३० अर्ब रुपैयाँ । यो भनेको नेपालको अहिलेको वजेटको आधा रकम भन्दा वढी हो ।
मूल ढुकुटी र अरु सबैको वास्तविक हिसाव आउने हो भने अरबौं रुपैयाँ जमीन वाहेक नै पशुपतिनाथ मन्दिरको रहेको हुने अनुमान विज्ञहरुको छ ।
पहिलो, यस मन्दिरको हिसाव पारदर्शि गर्ने आदेश सरकारले दिनु पर्दछ । नगरे कारवाहीको दायरामा ल्याइनु पर्दछ । दोश्रो, सो सम्पति जनताको कल्याणको लागि प्रयोग गरिनु पर्दछ । सो सम्पतिवाट अस्पताल कलेज खोल्ने व्यवस्थाको शुरुवात गर्ने हिम्मत ओली सरकारले गर्नु पर्दछ । सो सम्पतिवाट देशमा विद्यमान दुइखाले शिक्षा प्रणाली अन्त गर्न सकिन्छ ।
तर यस्तो वलियो सरकार भएको वेला पनि चन्द्र शमशेरले जतिपनि हिम्मत गर्न सकेको छैन । यो दुखको कुरा हो ।
रवीन्द्र श्रेष्ठ