Logo
Logo

एकै दिन आठ लाख १५ हजार ७९६ जनाले लगाए कोरोनाविरुद्धको खोप


1.9k
Shares

काठमाडौं । नेपालमा बुधबार एकै दिन आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

बुधबार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको ुबुस्टर डोजु लगाउनेको संख्या चार लाख ८४ हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ ।

सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो । हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्