Logo
Logo

१८ वर्ष माथि उमेर समूहका ७० प्रतिशतले कोरोना विरुद्धको खोप पाए, डब्ल्यूएचओद्वारा नेपाललाई बधाई !


1.7k
Shares

काठमाडौं । नेपालले १८ वर्ष माथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप प्रदान गरेको हो ।

७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपाललाई बधाई दिएको छ ।

डब्ल्यूएचओ नेपालले ट्वीटरमा लेखेको छ– ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ ।’

नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियान एक वर्ष बित्दा १८ वर्षमाथिका ७० प्रतिशतले लगाउन पाएका हुन् ।

१८ वर्षमाथिका ८३ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाइसकेका छन् । मिश्रले कुल जनसंख्याको ५४।४ प्रतिशतले एकमात्रा खोप लगाएका छन् । कुल जनसंख्याको ४६.१ लाई पूर्णमात्रा खोप दिइएको छ।

सरकारले पछिल्लो पटक दुई मात्रा खोप लगाइसकेका अग्रपंक्तिका र जेष्ठ नागरिकहरुलाई अतिरिक्त मात्रा पनि दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्