काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति यथासिघ्र तोक्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली बिहीबार निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेर ध्यानाकर्षण गराएको हो ।
स्थानीय चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलयका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो । स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी खबरदारीका कार्यक्रम गरिरहेको छ ।