काठमाडौं । ओखर पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो । शरीरलाई स्वस्थ राख्नका लागि यसको महत्वपूर्ण भूमिका हुन्छ । यस्ता छन् फाइदा
१. देनिक ओखर खानालेस्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।
२. दिनको ४ देखि ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।
३. ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुने भएकाले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसले बढ्दो उमेरमा हुने चाउरीपनाबाट समेत छुटकारा दिने गर्छ ।
४. ओखरको सेवनले मानसिक समस्यामा केही कम गुर्नुका साथै तनावबाट समेत मुक्ति मिल्छ । यसको नियमित सेवन गर्दा मस्तिष्कलाई समेत स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
५. मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा काम गर्छ । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक गर्छ ।
६. ओखरमा भिटामिन ई हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।
७. ओखरमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले पाचनक्रियालाई मजबुत बनाउँने गर्छ । यसको दैनिक सेवन गर्नेले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मिर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
८. ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ ।
यसरी खाँदा पनि हुन्छ
-ओखरलाई स-साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने ।
-ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।
-दहीमा ओखरका टुक्रा छरेर खाने ।