काठमाडौं । नेकपा माओवादी केन्द्रको नेता तथा अर्थमन्त्री जनार्दन शर्मा र ता वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । शर्मा र पुन महासचिवका दावेदार हुन् ।
नेता पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन होम आइसोलेसनमा बसेका छन् ।
त्यस्तै, नेता शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।
अर्थमन्त्री तथा माओवादी नेता शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् । त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् ।
नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले जानकारी दिए ।