Logo
Logo

मधेशमा वर्षा र हावाहुरी, तीन जनाको मृत्यु


1.1k
Shares

जनकपुरधाम । मधेश प्रदेशमा हावाहरीसहित भएको वर्षाका कारण तीन जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि सुरू भएको वर्षास्हितको हावाहुरीमा परी तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरलदे जनाएको छ ।

हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहीबार साँझदेखि देशभर हल्का वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमापात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । शुक्रबार बिहानैदेखि वर्षा देशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्