काठमाडौं । मेगा क्यापिटल मार्केट्सले लिमिटेडले कोरोना संक्रमणको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेजमेन्टका लागि विशेष योजना ल्याएको छ ।
मेगा क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै ‘फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस’ ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत स्वास्थ्यकर्मीले मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट पाउनेछन् ।
पोर्टफोलियो म्यानेजमेन्ट योजनामा स्वास्थ्यकर्मीहरुले वित्तीय सल्लाह, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक र मासिक रिपोर्टिङसमेत प्राप्त गर्नेछन् ।
फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिसका लागि न्यूनतम ३ लाख रुपैयाँ लगानी गर्नुपर्ने छ । यसवापत उनीहरुले २५ देखि ३० प्रतिशतसम्मको प्रतिफल पाउनेछन् घेगा क्यापिटलले जानकारी दिएको छ ।