Logo
Logo

जनताको सपनालाई मूर्छित पार्ने काम भयो- पोखरेल


2.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगाएतका कामहरु रोकेको भन्दै बिकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाएका हुन् ।

एमालेलाई समाप्त गर्ने बिषाक्त बिचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्धामा कुनै चासो नै नरहेको उनको आरोप रहेको छ । पोखरेलले वर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको समेत बताए ।

एमालेले संघीयताको बलियो कार्यान्वयन चाहेको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको पोखरेलको भनाइ रहेको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेर सरकारले संविधान र कानून उलंघन गरेको उनको आरोप रहेको छ । उपाध्यक्ष पोखरेलले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्