काठमाडौं । एमसीसीका कारण राजनीति जटिल परिस्थितिमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ ।
स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा छलफल गर्न प्रमुख तीन दलका अध्यक्षबीच भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्री देउवाको पहलमा आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता तय गरिएको हो ।