Logo
Logo

एमसीसीले ओलीलाई तान्यो बालुवाटार


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै सात महिनापछि बालुवाटार टेक्दैछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पछि गत असार ३० गते ओली बालुवाटारबाट बालकोट सरेका थिए । देउवा गठबन्धनको तर्फबाट २९ असारमा प्रधानमन्त्री बनेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एमसीसी प्रकरणले बालुवटार पुर्याउँदैछ । एमसीसी सम्झौता तथा स्थानीय निर्वाचनबारे छलफल गर्न आज ४ बजे ओली बालुवाटार जाँदैछन् ।

यसअघि प्रधानमन्त्री देउवाले पटक-पटक राखेको सर्वदलीय बैठकमा समेत ओली उपस्थित भएका थिएनन् । ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए ।

अध्यक्ष ओलीको सचिवालय स्रोतका अनुसार आज ओलीले स्थानीय तहकाे चुनाव र एमसीसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्ने भएका हुन् । आजको भेटमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । यी तीन शीर्ष नेताबीच विशेषगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतालाई अगाडि बढाउन खोजिरहेका बेला प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । तर, सत्तारूढ गठबन्धनभित्रै एमसीसीबारे मतभेद छ ।

प्रतिक्रिया दिनुहोस्