पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेश समितिको कार्यालयको पोखरामा उद्घाटन गर्दै पौडेलले आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई एक्लै चुनाव जितेर देखाउन पनि पौडेलले चुनौती दिए ।
आफ्नै पार्टीका नेताहरुलाई उनले ‘चुनावपछि कांग्रेस इतिश्री हुने हो ?’ भन्ने प्रश्न समेत गरे । उनले पार्टी चुनाव लड्नका लागि मात्र लड्ने की जित्नका लागि ? भनेर पनि प्रश्न गरे ।
कांग्रेस वाहेकको गठबन्धन रोक्न पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनले बताए । ७० प्रतिशत मत कांग्रेस वाहेकसँग भएकाले ३० प्रतिशतले एक्लै हिड्छु भन्यो भने के हुन्छ ?’ भन्दै पौडेलले प्रश्न गरे ।
उनले गठबन्धन बनाउँदा कांग्रेसलाई फाइदा नै फाइदा रहेको भन्दै गठबन्धन बनाएकैले कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरुमा समेत नेतृत्व गर्न पाएको तथ्य नविर्सन आग्रह गरे ।