Logo
Logo

उपत्यकामा हटाइयो जोरबिजोरको नियम


3.4k
Shares

काठमाडौं । कोरोना संंक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोरबिजोर प्रणाली हटेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार (हिजो) बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोरबिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।

यस्तै सरकारले शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुलाउने भएको छ । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो ।

कोरोनको तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्