काठमाडौं । एमसीसीविरुद्ध साना वाम दलहरु आन्दोलनमा उत्रने भएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले एमसीसीविद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
यस्तै आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी, मोहनविक्रम सिंह नेतृत्वको मसाल र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले संघर्षमा रहेका छन् ।
उनीहरुले संघर्षका कार्यक्रमअन्तर्गत २५ गते देशैभरी संयुक्त कोणसभा गर्ने, २६ गते उपत्यकामा माइतीघरबाट जुलुससहित संसदभवन अगाडि विरोध प्रदर्शन र देशैभरी सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।