Logo
Logo

अनेरास्ववियू र प्रहरीबीच झडप


693
Shares

बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप भएको छ । सोमबार अनेरास्ववियूले पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेपछि झडप भएको हो ।

झडपमा केही विद्यार्थी घाइते भएका छन् । अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलका अनुसार झडपमा केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएका छन् ।

विद्यार्थीहरुले विरोधस्वरुप मुख्यमन्त्री कार्यालय अघि कालो बेलुन उडाउने कार्यक्रम तय गरेका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्