काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।
नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएको बुझिएको छ ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएपछि उनको व्यापक आलोचना भइरहेको छ ।
मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसूर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख गरिएको छ । पत्रमा कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग समेत गरिएको छ ।