Logo
Logo

यूनियन लाइफले ल्यायो जीवन आवरण बिमा योजना


189
Shares

काठमाडौं । यूनियन लाइफ इन्स्युरेन्सले जीवन आवरण बिमा योजना संचालनमा ल्याएको छ । यूनियन लाइफले बिमा समितिबाट स्वीकृत गराई उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

यूनियन लाइफको अनुसार जीवन आवरण बिमा योजनामा बिमा गर्ने व्यक्तिले बिमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस् उपलब्ध हुनेछ भने बिमा अवधिभित्र नै मृत्यु भए दुई गुणा बीमाङ्क रकम र बोनस् उपलब्ध हुनेछ ।

साथै दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकमसँगै अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस् रकम उपलब्ध हुने भएको छ । यो बिमा गर्नको लागि न्युनतम एक लाख रुपैयाँ आयश्रोत हुनुपर्ने छ ।

न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्म बिमा गर्न सकिने कम्पनीले जनाएको छ । उक्त बिमा योजना लिएकाले बिमालेख अन्तर्गत ऋण तथा समपूर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्