काठमाडौं । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले ललितपुरको बाग्मती गाउँपालिका सुबानेमा माघ २२ गतेबाट ९१औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङका साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिकरुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जासमेत वितरण गरेको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाइदा लिन सक्ने बैंकले आशा गरेको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखीय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंकका १७४ शाखा, १२३ एटिएम र ९१ वटा शाखारहित बैंकिङ एकाइहरुका साथै १३ लाखभन्दा बढी ग्राहक रहेका छन् ।