काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् । मोहनकुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए।
उनले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दावी गरे । प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फाल्गुन महिनाभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रुपान्तरण गरिने उनले बताए।