काठमाडौं । भ्यालेन्टाइन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्ना प्रियजनलाई उपहार पठाउँदा ७२ प्रतिशतसम्म छुट पाउने भएका छन् । परफ्युम, स्मार्टवाच, कपल टिसर्ट लगायत सामानहरु उपहार स्वरुप पठाउँदा ग्राहले ७२ प्रतिशतसम्म छुट पाउने स्मार्टडोकोले जानकारी दिएको छ ।
साथै, योजना अवधिभर स्मार्टडोकोसँग किनमेल गर्ने तीन जना ग्राहकले २५ सय बराबरको ‘गिफ्ट कार्ड’ जित्ने अवसर रहेको छ । त्यसैगरी, ‘डोको भरि माया ट्याग एण्ड वीन गिभअवे’ अन्तर्गत चार जना कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।
उनीहरुले ‘स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलाफको फूल’, ‘डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलाफको फूल’, ‘हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलाफको फूल’ र ‘कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलाफको फूल’ पाउनेछन् ।
प्रस्तुत योजना २०७८ माघ २६ देखि फागुन १ गतेसम्म जारी रहने बताइएको छ ।
हाल स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्ट रहेका छन् । ग्राहकले १० फरक सामान जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर लगायत स्मार्टडोकोबाट खरिद गर्न सकिने व्यवस्था रहेको छ ।
ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन व्यवस्था रहेको छ । स्मार्टडोकोका ग्राहकलाई काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालभर कम शुल्कमा सामान डेलिभरीको सुविधा रहेको छ ।