Logo
Logo

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ राजेन्द्र वानियाँलाई


5.4k
Shares

काठमाडौं । यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ हिमालय टेलिभिजनका समाचार प्रमुख एवं यक्ष प्रश्नका संचालक राजेन्द्र वानियाँलाई दिइने भएको छ । आज बसेको सम्पादक समाज नेपालको बैठकले गोविन्द वियोगी पत्रकारिता पुरस्कार वानियाँलाई दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु प्रसाद नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । सम्पादक समाजद्वारा प्रदान गरिने यी पुरस्कारको राशि क्रमश २५,००१ र १५,००१ रुपैयाँ रहेको छ ।

सम्पादक समाज नेपालले पत्रकारिता क्षेत्रमा लामो योगदान पु¥याउने वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्दै आएको छ । यस वर्षका सम्पादक समाज सम्मान वरिष्ठ पत्रकारद्वय मल्ल के. सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको आकस्मिक निधन पश्चात वि.सं. २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसको अवसर पारेर माघको पहिलो हप्तामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिँदै आएको छ । गत वर्ष भने कोभिड–१९ का कारण पुरस्कार र सम्मान कार्यक्रमलाई स्थगन गरिएको थियो ।

समाजको बैठकले यस वर्षको कार्यक्रम शिवपुरी– ७, सूर्यचौरमा निर्माण भैराखेको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्