रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित गहुँबारीमा एक विवाहित महिलाको शव फेला परेको छ ।
ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको हो ।
प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । अहिले उक्त शवलाई पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि मात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।